Karnali Academy of Health Sciences (KAHS)

Jumla, Karnali, Nepal
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक शल्यक्रिया तालिमका उपकरण हस्तान्तरण
    Published on : 31-10-2026

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक शल्यक्रिया तालिमका उपकरण हस्तान्तरण
    चिकित्सकको सीप अभिवृद्धि, गुणस्तरीय शल्यक्रिया सेवा र स्वस्थ कर्णाली निर्माणतर्फ महत्वपूर्ण सहकार्य।
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), जुम्लामा आधुनिक शल्यक्रिया प्रविधिको अभ्यास तथा चिकित्सकहरूको व्यावहारिक सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले शल्यक्रिया तालिमसम्बन्धी उपकरणहरू हस्तान्तरण गरिएको छ।
    नेपालिज डक्टर्स एसोसिएसन यूके (NDA UK) ले रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा उपलब्ध गराएको उक्त उपकरणहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बोलाई हस्त... see more

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्याधुनिक कान शल्यचिकित्सा उपकरण हस्तान्तरण
    Published on : 31-10-2026

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्याधुनिक कान शल्यचिकित्सा उपकरण हस्तान्तरण

    अन्तर्राष्ट्रिय नेपाल फेलोसिप (International Nepal Fellowship, UK – INF-UK) र ग्रामीण एकीकृत विकास समाज (RIDS Nepal) को सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लालाई कानसम्बन्धी उपचार तथा शल्यचिकित्सा सेवालाई थप प्रभावकारी बनाउन Zeiss Surgical Microscope for Otorhinolaryngology हस्तान्तरण गरिएको छ।

    उक्त उपकरण हस्तान्तरण कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. बिनम... see more

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत विकास र गुणस्तरीय सेवातर्फ अर्को महत्त्वपूर्ण कदम।
    Published on : 01-11-2026

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बोज्यू र माननीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताज्यूबीच भएको भेटघाटका क्रममा आर्थिक वर्ष २०८३/८४ का लागि प्रतिष्ठानको कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।

    यस सम्झौताले प्रतिष्ठानको आगामी कार्यदिशा, प्राथमिकता र संस्थागत जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ।

    सम्झौतामा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, चिकित्सा शिक्षा तथा शैक्षिक गुणस्तर अभिवृद्धि, विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिको व्यवस्थापन, भौतिक पूर्वाधार विकास, औषधि तथा उपकरणको प्रभावकारी व्यवस्थापन, स्वास्थ्य बिमा तथा विपन्न नागरिकलाई स्व... see more

  • कर्णालीलाई प्राथमिकता नदिई दिगो विकास लक्ष्य प्राप्ति असम्भव
    Published on : 17-10-2023

    दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ३ मा लेखिएको छ– राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरिरहेको काम दिगो विकासको लक्ष्य प्राप्तिमा सघाउ पु¥याउने खालको नै छ। सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिका लागि हाम्रो देशको अवस्था हेर्दा सबैभन्दा धेरै सहयोग गर्न सक्ने संस्था नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो। नेपालको स्वास्थ्यका सूचकहरुमा भएको मातृ मृत्युदर, बाल मृत्युदर, शिशु मृत्युदर, सरुवा तथा नसर्ने रोगहरुको सूचक, पोषणका कुरा स्वास्थ्य सूरक्षाको कुरामा संघीयतापछि सबैभन्दा कमी भएको कर्णाली र मधेस हो।

     

    दिगो विकासको लक्ष्य पूरा गर... see more

  • कर्णाली प्रतिष्ठानको फड्को, अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने
    Published on : 28-09-2023

    नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब वर्षमा ५० जना एमबीबीएस चिकित्सक उत्पादन हुने भएका छन्।  

    चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी भर्ना गर्न पाउने भएको हो। यसअघि उसको कोटामा ३० सिट मात्रै थियो।

     

    २० सिटबाट चिकित्सा शिक्षाको स्नातक पढाउन थालेको प्रतिष्ठान अब चौथो ब्याचको भर्ना लिँदै छ। सुरुको वर्ष २० र त्यसपछिका दुई वर्षमा ३०–३० जना भर्ना लिएर एमबीबीएस पढाइरहेको छ। 

     

     

     

    प्रतिष्ठानमा अहिले ९० जना शिक्षक–प्राध्यापक छन्। दैनिक ६०० जनासम्म&nb... see more

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बजेट अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत
    Published on : 01-09-2023

    जुम्ला — स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बजेट अभाव हुन नदिने बताएका छन् । प्रतिष्ठानले सेवामा तारुकता, स्वास्थ्य शिक्षामा जागरुकता र अनुसन्धानमा विश्वास दिलाउन सके स्वास्थ्य मन्त्रालयले बजेटको अभाव हुन नदिने उनको भनाइ छ । 

    प्रतिष्ठानको डायलासिस सेवा र स्किल ल्याब हस्तान्तरण गर्न... see more